Breaking News

चितवनमा कांग्रेसको गाउँ/नगर/महानगरको अधिवेशन भदौ ३० मा हुने

Banner

चितवन, भदौ २५–

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत यही भदौ २७ गतेका लागि तय भएको गाउँ/नगर/उपमहानगर/महानगरको अधिवेशन चितवनमा तीन दिन पछि सरेको छ ।

नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ र जिल्लाका सात वटै पालिकाका सभापतिहरुसंगको बैठक पश्चात निर्वाचन समितिले भदौ ३० गते अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन अधिकृत कमल मोहन पोखरेलले जानकारी दिए ।

मतदाताहरुको नामावली तयार गर्न समय लाग्ने भएकाले तीन दिन पछाडी अधिवेशन सारिएको निर्वाचन अधिकृत पोखरेलले बताए । भदौ २१ गते भएको वडा तहको अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचितहरुले गाउँ/नगर/उपमहानगर/महानगरको अधिवेशनमा मतदान गर्न पाउँछन् । जिल्लाका ९८ वटा वडा मध्ये भरतपुर महानगरपालिका–७ बाहेक सबै वडाको अधिवेशन सम्पन्न भइसकेको छ । आज वडा नं.७ को अधिवेशन पनि टुंगो लाग्दैछ ।

जिल्लामा एक महानगर, एक गाउँपालिका र ५ नगरपालिका गरी ७ वटा स्थानीय तह रहेको छ । यी सबै स्थानीय तहमा एकैदिन निर्वाचन हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>