Breaking News
चितवनमा थप ४१ जना कोरोना संक्रमित थपिए
०

चितवन, भदौं २५-
चितवनमा विगत २४ घण्टामा ४१ कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ३० जना, खैरहनी नगरपालिकामा तिन जना, माडीमा तीन जना, रत्ननगरमा तीन जना र कालिकामा दुई जना थपिएका हुन् ।
चितवनमा सक्रिय संक्रमितको संख्या ७०५ रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा ६७३ जना र अस्पतालको आइसोलेसनमा ३२ जना रहेका छन् ।
चितवनमा विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमित बिरामीले ज्यान गुमाएको छैन । चितवनका विभिन्न अस्पतालमा २८ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>