Breaking News
देउवाले गृहजिल्ला डडेलधुरामा प्रशासनिक दुरुपयोग गरेः रामचन्द्र पौडेल

कैलाली,भदौं २५-
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले गृहजिल्लामा प्रशासनिक दुरुपयोग गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै पार्टी सभापति तथा प्रधानमन्त्रीबाटै लोकतन्त्रकै उपहास गरेको बताए । ‘नेपाली कांग्रेसका पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा जिल्ला सभापति तथा जिल्ला कार्यसमितिको सहमति र सहभागिता बेगर प्रशासनिक शक्तिको दुरुपयोग गरी नेपाली कांग्रेसको वडा अधिवेशन गराउनु लोकतन्त्रकै उपहास भयो’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
उनले पार्टीको सिद्धान्त र निष्ठा लोकतन्त्र भएपनि सभापतिबाट अलोकतान्त्रिक व्यवहार भएको बताएका छन् । आन्तरिक निर्वाचनमा यसरी शक्तिको दुरुपयोग हुनु आपत्तिजनक र खेदजनक छ रहेको पौडेलको बुझाइ छ । प्रशासनिक शक्तिको दुरुपयोग गरेको भन्दै महाधिवेशनको लाग अशुभ हुने पौडेलले चेतावनी दिएका छन् ।