चितवन विशेष

कांग्रेस भरतपुर महानगरको सभापतिमा चित्रसेन अधिकारीको उम्मेद्वारी घोषणा

Banner

चितवन, भदौ २५–

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत वडास्तरको अधिवेशन सकिएलगत्तै गाउँ/नगरको चुनावी सरगर्मी बढेको छ । काँग्रेस चितवनको वडा अधिबेशनबाट क्षेत्रीय प्रतिनिधिहरु आइसकेका छन् । अहिले धमाधम उम्मेद्वारी घोषणा गर्नेक्रम बढेको छ ।

यसै क्रममा काँग्रेसको महानगरपालिका सभापतिमा काँग्रेस नेता चित्रसेन अधिकारीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भइसके पछि उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। २०२४ सालमा जन्मिएका अधिकारी विद्यार्थी राजनीति यात्राबाट सुरु भएको हो । वि. सं. २०४२ सालमा अन्नपूर्ण माध्यामिक विद्यालय पार्वतीपुरबाट सुरु भएको उनको राजनैतिक यात्रा क्याम्पस कमिटिमा सक्रिय भई राजनिति यात्रा अहिले महानगरमा काँग्रेसका तर्फबाट प्रतिपक्षि दलको नेताको रुपमा रहेका छन् ।

२०४६ सालको आन्दोलनमा गिरफतारी देखि २०६२–२०६३ मा सक्रिय सहभागिता जनाउनु भएका नेता अधिकारी २०५४ सालामा साबिक पार्वतिपुरमा काँग्रेसका तर्फबाट वडा अध्यक्ष निर्वाचत भएका थिए । अहिले भरतपुर महानगरपालिका वडा नम्बर २१ मा निर्वाचित वडा अध्यक्षको रुपमा रहेका अधिकारी आफ्नो राजनैतिक यात्रामा अहिले महानगरको सभापतिको रुपमा आँफुलाई उभ्याएका छन् । महानगर काँग्रेसलाई बलियो बनाउँदै टोल तहमा प्रशिक्षण देखि स्थानीय तथा क्षेत्री निर्वाचनमा पार्टीका कार्यकर्ताहरुलाई रुख चिन्हमानै मतदान गराउन लगाउने उनका एजेण्डाहरु रहेका छन् ।

काँग्रेस जिल्ला कार्यसमिति सदस्यको रुपमा रहनु भएका अधिकारी पार्टीको निर्देशनको अक्षरस पालना गर्दै युवालाई मायाँ र अग्रजलाई सम्मान गर्ने निती अवलम्बन गरिने उनले बताए । उनले भने “काँग्रेसमा अहिले बिचलन छ । स्थानिय तहमा र संसदको निर्वाचनमा रुख चिन्ह छोड्नु परेकोमा । त्यसलाई मेटाउँदै अघि वढ्ने मेरो अभियान हो ।” आँफु नगर सभापति भईसके पछि पाँच वर्ष सम्म कुनै पदमा पनि उम्मेदवारी नदिने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>