Breaking News

मन्त्री सुवेदीद्वारा भरतपुरको गणेशधाममा वृक्षरोपण,सुवेदी भन्छन्ः जति भए पनि राम्रो गर्छु

Banner

चितवन,भदौं २४-

बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले भरतपुरको गणेशधाममा वृक्षरोपण गरेका छन् ।

मन्त्री सुवेदीले आज गणेशधाममा पुगेर वृक्षरोपण गरेका हुन् ।

उनले पिपलको विरुवा रोपेका छन् । गणेशधामको संरक्षक तथा परिकल्पनाकार सुवेदीलाई गणेशधाम संरक्षण तथा सम्बद्र्धन समितिले बधाई तथा सम्मान ज्ञापन गरेको छ । सो अवसरमा मन्त्री सुवेदीले आफू जति दिन मन्त्री पदमा हुन्छु त्यति दिन राम्रो काम गरेर छाड्ने बताए । उनले पद प्राप्त हुँदा पनि नहुँदा पनि आफू सधैं जनताको सेवामा लागिरहने प्रष्ट पारे । उनले गणेशधामलाई प्राथमिकतामा राखेर काम गरिने प्रतिबद्धता जनाए ।

सो अवसरमा गणेशधाम संरक्षण तथा सम्बद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेले गणेशधामका सल्लाहकारलाई बागमती प्रदेशको मन्त्रीमा पाउँदा खुसी लागेको बताए । उनले मन्त्री सुवेदीको परिकल्पना अनुसार नै धामको रुपमा विकास हुन लागेको जानकारी दिए । उहाँकै पहलमा अहिलेसम्म करिब आठ करोड बजेट विनियोजन भइसकेको छ । चुकेले भने, ‘अब कामले पनि गति लिन थालेको छ । सुवेदी सरल र जनभावना अनुरुप काम गर्ने व्यक्ति भएकाले मन्त्री भएपछि झन् नागरिकका पक्षमा काम हुने विश्वास व्यक्त गरे ।’

भरतपुर महानगरपालिका वडा नंं. ११ का वडाध्यक्ष तथा धामका सल्लाहाकार बाबुराम अधिकारीले चितवनका विकासप्रेमी नेता सुवेदीलाई मन्त्री पदमा पाउनु गौरवको विषय भएको बताए । उनले भरतपुरका महत्वपूर्ण योजनाहरुको गुरुयोजना र त्यसपछिका निर्माणमा सुवेदीको महत्वपूर्ण योगदान रहेको बताए । भरतपुर गणेशधाम संरक्षण तथा सम्वद्र्धन समितिका महासचिव रबिन्द्र बरालले सञ्चालन गरेको कार्यक्रम समितिका उपाध्यक्ष बाबुराम ढकालले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>