देश/प्रदेश
नेपालमा थप १६४० जनामा कोरोना संक्रमण, २१६१ जना संक्रमणमुक्त, १० जनाको मृत्यु

काठमाडौं, भदौं २३-
पछिल्लो २४ घण्टामा एक हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नौं हजार ७६७ पीसीआर परीक्षण गर्दा एक हजार ३४७ जना र तीन हजार ६८८ एन्टिजेन परीक्षण गर्दा २९३ गरी एक हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने दुई हजार १६१ जना निको भएका छन् ।
बुधबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ७३ हजार ५२९ पुगेको छ । तीमध्ये १० हजार ८८९ जनाको मृत्यु भएको छ भने सात लाख ३३ हजार १६१ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेका छन् । जसमध्ये २७ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने एक हजार ७८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४८८ जना आईसीयू र १४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।
१० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसारका सबैभन्दा धेरै काठमाडौंमा ३४९, ललितपुरमा १५०, मोरङमा १३८, कास्कीमा १३२, सुनसरीमा ७५ र झापामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ६९, चितवनमा ५५, रुपन्देहीमा ५२, मकवानपुसरमा १९, नवलपरासी पुर्वमा १८, काभ्रेपलाञ्चोक र नुवाकोटमा ११÷११ जना तथा धनकुटा र दाङमा १०\१० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।