Breaking News
चितवनमा कोरोनाका ४६ संक्रमित थपिए, आईसीयू र भेन्टिलेटरमा ३२ जनाको उपचार हुँदै
०

चितवन, भदौं २३-
चितवनमा विगत २४ घण्टामा ४६ कोरोनाका संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ३५ जना, खैरहनी नगरपालिकामा एक जना, माडीमा तीन जना, रत्ननगरमा चार जना, राप्तीमा दुई जना र कालिकामा एक जना थपिएका हुन् ।
चितवनमा सक्रिय संक्रमितको संख्या ८४९ रहेको छ । जसमध्ये घरमा आइसोलेसनमा ८०० जना र अस्पतालको आइसोलेसनमा ४९ जना रहेका छन् ।
चितवनमा विगत २४ घण्टामा कुनै पनि कोरोना संक्रमित बिरामीले ज्यान गुमाएको छैन । चितवनका विभिन्न अस्पतालमा ६७ जना कोरोनाका बिरामीले उपचार गराइरहेका छन् । जसमध्ये आईसीयूमा २६ जना, भेन्टिलेटरमा ६ जना, एचडीयूमा १८ जना र जेनरल बेडमा २३ जना रहेका छन् । त्यस्तै विगत २४ घण्टामा चितवनका विभिन्न अस्पतालबाट ६ जना कोरोनाका बिरामीहरु डिस्चार्ज भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>