Breaking News
नेकपा एकिकृत समाजवादी रोजेका चितवनको रत्ननगरका वडाध्यक्ष फेरि एमालेमै फर्किए

चितवन,भदौं २२-
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा खुलेका चितवनको रत्ननगर नगरपालिका वडा नम्वर-५ का वडाध्यक्ष कृष्ण महतो एमालेमै फर्किएका छन् । आज (मंगलबार) एक विज्ञप्ति जारी गरेर महतोले आफू एमालेमै रहेको स्पोष्टोक्ति दिएका हुन् ।
तर, यसअघि जिल्ला निर्वाचन कार्यालय भरतपुरमा निवेदन दिएर आफू एकीकृत समाजवादीमा रहेको बताएका थिए । तर, मंगलबार उनले आफू एमालेको सूर्य चिन्हबाट निर्वाचित भएको र अहिले आफू एमालेमै रहेको भनी विज्ञप्ति निकालेका हुन् । उनले आजै निर्वाचन आयोगमा गएर सनाखत फिर्ता लिएको जानकारी दिएका छन । महतोले एकिकृत समाजवादीका नेताहरुले बाध्यात्मक परिस्थितिको सृजना गरी नेकपा एकिकृत समाजवादीमा सनाखत गराएको उनको दावी छ । आफ्नो वडाका सबै कार्यकर्ताको भावना पनि एमालेमै रहनुपर्छ भन्ने रहेकाले आफुले निर्णय गरेको भन्दै उनले आगामी दिनमा पार्टीकोे निर्देशन वमोजिम काम गर्ने प्रतिबद्धता जनाएका छन ।