Breaking News
राप्तीमा कांग्रेसको ९ वटा वडामा सर्वसम्मत समिति चयन, तीन वडामा मतदान

चितवन, भदौ २१–
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत आज (सोमबार) पूर्वी चितवनको राप्ती नगरपालिकामा अधिवेशन विवादित रुपमा भएको भएको छ ।
वडा नं.६ मा विवादका कारण अधिवेशन नै स्थगित हुन पुग्यो भने अन्य तीन वटा वडामा मतदान नै भएको छ । वडा नं.८ मा भएको मतदानबाट जिना गुरुङ सभापतिमा विजयी भएकी छन् । उनले कुल ६९ मत प्राप्त गरिन् । उनका निकटम प्रतिद्धन्द्धी ज्ञानेन्द्रप्रसाद तिवारीले मात्र ५५ मत प्राप्त गरेको मतदान अधिकृत युवराज पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए ।
यस्तै वडा नं. १ र ४ मा पनि मतदान भएको छ । यस वडाको थप विवरण आउँन बाँकी छ । यस्तै अन्य ९ वटा वडामा भने सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
यी हुन् निर्वाचित वडा सभापतिहरु :
राप्ती नगरपालिकाः
वडा नं.१ : सभापतिः औपचारिक घोषणा हुन बाँकी
वडा नं.२ : सभापतिः मनिष तिमिल्सिना (सर्वसम्मत)
वडा नं.३ : सभापतिः दिपा सुवेदी पाठक (सर्वसम्मत)
वडा नं.४ : सभापतिः औपचारिक घोषणा हुन बाँकी
वडा नं.५ : सभापतिः उद्धवराज धरेल (सर्वसम्मत)
वडा नं.६ : सभापतिः (स्थगित)
वडा नं.७ : सभापतिः चुडाप्रसाद सिलवाल (सर्वसम्मत)
वडा नं.८ः सभापतिः जिना गुरुङ (निर्वाचित)
वडा नं.९ः सभापतिः नवराज गुरुङ (सर्वसम्मत)
वडा नं.१०ः सभापतिः भिमबहादुर तामाङ (सर्वसम्मत)
वडा नं.११ः सभापतिः हुमराज प्रजा (सर्वसम्मत)
वडा नं.१२ः सभापतिः अशोक कुमार जिम्बा तामाङ (सर्वसम्मत)
वडा नं.१३ः सभापतिःः औपचारिक घोषणा हुन बाँकी