Breaking News

काठमाडौं उपत्यकामा भारी वर्षा, चार सय घर डुबानमा

Banner

काठमाडौं,भदौं २१-

उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभावले काठमाडौंसहित देशभरमा वर्षा भइरहेको छ। ​गएरातिदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण उपत्यका बिभिन्न ठाउँहरु डुबानमा परेका छन् भने नदीहरुमा पानी बहाव बढेको छ। सडकहरू जलमग्न भएका छन्। अविरल वर्षाका कारण ठाउँठाउँमा जमेका पानीले दुई पाङ्ग्रे सवारी तथा साना गाडीहरुलाई आवतजावतमा समस्या भएको छ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।

काठमाडौंमा बाढीका कारण चार सय ८२ घर डुबानमा परेका छन् भने एक सय ३८ जनालाई प्रहरीले उद्धार गरेको छ । यसैबीच देशभर आगामी तीन दिनको मौसम अझै वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>