Breaking News

चितवनको भरतपुरमा बिजुलीको तार भूमिगत गर्ने ठेक्का टाटालाई

Banner

चितवन,भदौं २०-

भरतपुरको विद्युत् वितरण लाइन भूमिगत हुने भएको छ । त्यसका लागि नेपाल विद्युत् प्राधिकरणले ठेकदार कम्पनी छनोट गरेको छ । दुई चरणमा काठमाडौं उपत्यकामा विद्युत् वितरण लाइन भूमिगत गर्न ठेक्का लगाइसकेको प्राधिकरणले तेस्रो चरणमा भरतपुर र पोखरामा पनि ठेक्का लगाउन लागेको हो ।

भरतपुरमा तार बिछ्याउने जिम्मा भारतको टाटा प्रोजेक्ट्स लिमिटेडले पाउने भएको छ । कम्पनीले २ अर्ब ५० करोड ३३ लाखमा ठेक्का पाउन लागेको जानकारी प्राधिकरणले दिएको छ । दुई वर्षभित्र काम सक्ने गरी प्राधिकरणले टाटासँग खरिद सम्झौता गर्नेछ । कम्पनीले भूमिगत वितरण लाइनको डिजाइन, आपूर्ति, जडान र किमिसनिङसम्मको कामका लायि यस्तो ठेक्का पाएको हो ।

भरतपुरमा ३३ केभीको ९ सर्किट किलोमिटर, ११ केभीको ७५ सर्किट किलोमिटर,४०० केभीको ७० सर्किट किलोमिटर र २८ किलोमिटर अप्टिकल फाइबर भूमिगत गर्न ठेक्का लागेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>