Breaking News
नेपालमा थप १०८९ जनामा कोरोना संक्रमण, १५३४ जना संक्रमणमुक्त, २० जनाको मृत्यु

काठमाडौं, भदौं २०-
पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पाँच हजार १७० पीसीआर परीक्षण गर्दा ९७६ जना र दुई हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ गरी एक हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने एक हजार ५३४ जना निको भएका छन् ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ६९ हजार २७१ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ भने सात लाख २७ हजार १८५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ जना रहेका छन् । जसमध्ये २९ हजार ८१ जना होम आइसोलेसनमा रहेका छन् भने दुई हजार १६७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५२३ जना आईसीयू र १६२ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका २४ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १०० जनामा कोरोना संक्रमण देखिएको छ ।