देश/प्रदेश

नेपाललाई फिलिपिन्सले लगाएको यात्रा प्रतिबन्ध हटायो

Banner

काठमाडौं,  भदौ २०-

फिलिपिन्सले कोरोना नियन्त्रणका लागि भन्दै नेपाललाई लगाएको यात्रा प्रतिबन्ध हटाएको छ ।

कोरोनाविरुद्धको खोपका कारण भयावहस्थिति नहुने भन्दै फिलिपिन्सले यात्रा प्रतिबन्ध हटाएको हो । फिलिपिन्सले सेप्टेम्बर ६ (भदौ २१ गते) देखि लागु हुने गरी नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स (यूएई), ओमान, थाइल्याण्ड, मलेसिया र इन्डोनेसियामाथि लगाइएको यात्र प्रतिबन्ध हटाइएको जनाएको छ । फिलिपिन्सले नेपालसहित १० एसियाली मुलकमाथि गत अप्रिलदेखि यात्रा प्रतिबन्ध लगाएको थियो ।

१० एसियाली मुलकमाथि यात्रा प्रतिबन्ध हटाउन अन्तर निकाय कोभिड–१९ कार्यदलको सिफारिस फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वीकृत गरेका समाचार एजेन्सी एएफपीले जनाएको छ ।

यद्यपि फिलिपिन्स आउने अन्तर्राष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियम भने पालना गर्नुपर्ने राष्ट्रपतिका प्रवक्ता ह्यारी रोकले बताएका छन् । रोकले भने, ‘भारत, नेपाल, पाकिस्तानलगायत १० एशियाली देशहरूबाट आउने अन्तरराष्ट्रिय यात्रुहरूले प्रवेश, परीक्षण र क्वारेन्टिनसम्बन्धी नियमहरू पालना गर्नुपर्नेछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>