समाचार

अटो गाडीसहित ७५ लाख मूल्यको औषधि बरामद

Banner

जनकपुरधाम भदौ १९-

प्रहरीले अटो गाडीसहित ७५ लाख रुपैयाँभन्दा बढीको औषधी बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीलाई देखेर लु १ स ८००७ नम्बरको अटोलाई छाडेर चालक भागेका थिए । उक्त अटोमा खानतलासी अटो गाडीसहित ७५ लाख रुपैयाँभन्दा बढीको औषधी बरामद भएको प्रहरीले जनाएको छ । भारतीय बजारबाट भन्सार छलेर ल्याएको उक्त औषधीहरु र अटो विहान करिब २ बजे बरामद गरिएको प्रहरीले जनाएको छ ।

औषधीहरू रिकल केटु–सेभेन १५ कार्टुन, ओथोकल ट्याब्लेट १० कार्टुन र केयरकल ट्याब्लेट औषधि ५ कार्टुन बरामद भएको छ । उक्त औषधीहरु ७५ लाख ५६ हजार ८०० बराबरको रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>