Breaking News

चितवनमा असोज एक गतेदेखि विद्यालय सञ्चालन गर्न पाइने, स्मार्ट लकडाउन भने पालना हुनुपर्ने

Banner

चितवन, भदौ १९
जिल्ला प्रशासन कार्यालयले असोज एक गतेदेखि स्थानीय तहसँग समन्वयन गरेर विद्यालय सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।

प्रशासनले आज शनिबार एक सूचना जारी गर्दै सो निर्णय भएको जनाएको हो ।

प्रशासनको सूचनामा लेखिएको छ, ‘शैक्षिक संस्था विद्यालयले भौतिक उपस्थितिमा पठन/पाठन गर्न/गराउन नपाउने । तर स्वीकृत स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ मा उल्लिखित वस्तुगत सुचकअनुसार जोखिमको स्कोरिङ तथा विश्लेषण गर्दा विद्यालय सञ्चालन गर्न सकिने अवस्था देखिएमा विद्यालय व्यवस्थापन समितिको सिफारिसको आधारमा सम्बन्धित स्थानीय तहले जिल्ला कोभिड–१९ व्यवस्था समितिसँग समन्वयन गरी पठनपाठन सञ्चालनको निर्णय गर्न सक्ने । उक्त कार्यविधि अनुरुप सञ्चालन गर्न सकिने देखिए पनि विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७ मा उल्लिखित मापदण्ड पालना हुने र जोखिम नहुने उपयुक्त विधिको सुनिश्चितता गरेरमात्र आगामी आश्विन एक गतेपश्चात सञ्चालन गर्न सकिने ।’

संक्रमण घटबढ भएमा जुनसुकै बेलामा पनि निषेधाज्ञा थपघट गर्न सकिने बताउँदै प्रशासनले सबैलाई सचेत भएर सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>