चितवन विशेष

अग्नि ग्रुपद्वारा चितवनमा महिन्द्रा ट्रयाक्टरको नयाँ शोरूम उद्घाटन

Banner

चितवन, भदौ १८ –
नेपालका लागि महिन्द्रा युटिलिटी सवारी साधन र ट्रयाक्टरको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपले बागमती प्रदेशको चितवनको मिलनचोकमा आफ्नो डिलर नेटवर्क– बतास ब्रदर्स प्रालिको नयाँ शाखा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त शोरूम उद्घाटन गरेको छ ।

महिन्द्रा ट्रयाक्टरका विभिन्न मोडलहरू सहितका बिक्री, सेवा र स्पेयर पार्ट्सयुक्त यो नयाँ बिक्री केन्द्रको अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा, महिन्द्रा एण्ड महिन्द्रा नेपालका कन्ट्री मेनेजर आशिष जोशी र जिसस चितवनका सभापति कृष्णकुमार डल्लाकोटीद्वारा शुक्रबार संयुक्तरूपमा उदघाटन गरिएको हो ।

उद्घाटन समारोहमा बोल्दै, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले भन्नुभयो, “हामीग्राहकहरूकोे आवश्यकता अनुसार महिन्द्रा ट्रयाक्टर उत्पादनको एक विस्तृत श्रृंखला उपलब्ध गराउन र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा अधिकतम ग्राहक सन्तुष्टि प्राप्तिका लागि लगातार गुणस्तरीय सेवा प्रदान गर्नमा अधिक केन्द्रित रहँदै आएका छौं । हाम्रा विभिन्न मोडलका कृषि ट्रयाक्टरसँगै कृषिऔजारहरूले निश्चित रूपमा खेतीको आवश्यकतालाई पूरा गर्नेछ ।“

बतास ब्रदर्सका प्रबन्ध निर्देशक सान्त राजबताश भन्नु हुन्छ, “हाम्रो नयाँ महिन्द्रा ट्रयाक्टर शोरूमले महिन्द्राका २१५ डीआई युवराज, जिभो २४५ डीआई फोरडब्लूडी, नोभो अर्जुन ६०५ डीआई फोरडब्लूडी, ५७५ डीआईपीएस डीसी युभोजस्ता ट्राक्टरहरूका ग्राहकहरूलाई बिक्री, गुणस्तरीय सक्कली स्पेयरपार्टस् तथा सेवा प्रदान गर्नेछ ।

चितवनको यो राम्रोसँग सुसज्जित बिक्री केन्द्रले अन्तर्राष्ट्रिय स्तरको सेवा सहितको कम्पनीसम्म ग्राहकहरूको पहुँच बनाइ अधिक सुविधाजनक र किफायती तुल्याई लाभ प्रदान गर्नेमा हामी विश्वस्त छौं ।”

उद्घाटनका अवसरमा कम्पनीले ट्रयाक्टर ग्राहकहरूको लागि रोमाञ्चक उत्सव योजनाको घोषणा गरेको छ, जसमा एलईडी स्मार्ट टिभी वारोटाभेटरमा ५० प्रतिशत छुटबीचको विकल्प, ६ वर्ष वारेन्टी अवधि, ५ लाखको व्यक्तिगत दुर्घटना बिमाका साथै ५ जना भाग्यशाली ग्राहकहरूका लागि ५ केभीए पावरोल डिजल जेनरेटरको बम्पर उपहार पनि समावेश छ ।

चाडपर्वको मौसमलाई लक्षित गरी सञ्चालन गरिएको यो योजना शोरूम उद्घाटन गरिएको मितिदेखि मंसिर १४ गते (नोभेम्बर २०२१) सम्म ३ महिनाको लागि लागू हुनेछ । यसैबीच समुद्घाटन समारोहकै अवसरमा आज तीन वटा ट्याक्टर हस्तान्तरण गरिएको छ ।

कम्पनीले यस क्षेत्रमा नयाँ महिन्द्रा ट्रयाक्टर शोरूम र सर्भिस सेन्टरको स्थापनाले आगामी दिनहरूमा ग्राहक र कम्पनीबीचको विश्वासलाई अझ बलियो बनाउन तथा हालका एवम् नयाँ उद्यमी र कृषकहरूलाई लाभान्वित हुने सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>