गण्डकी

तनहुँमा गुडिरहेको यात्रु सवार बसमा आगलागी भएपछि…

Banner

तनहुँ, भदौ १७-

पृथ्वी राजमार्गमा पर्ने शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा गुडिरहेको बसमा बिहीबार दिउँसो आगलागी भएको छ । दमौलीबाट पोखरा जाँदै गरेको ना ५ ख ६९११ मा नम्बरको बस आगलागी भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । बसको व्याट्री सट भएर इन्जिनमा आगलागी भएको अनुमान प्रहरीको छ ।

प्रहरीका अनुसार बसमा आगलागी हुँदा एक छिन यात्रुहरुलाई समस्या भए पनि मानवीय क्षति भएको छैन । स्थानीय तथा प्रहरी मिलेर आगो नियन्त्रणमा लिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>