चितवन विशेष

सुरक्षा निकायलाई नाडा चितवनले दियो स्वास्थ्य सामग्री

Banner

चितवन, जेठ १४–

नेपाल आयुर्वेद औषधि व्यवसायी संघ (नाडा) चितवनले जिल्लाका सुरक्षा निकायहरुलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

नाडाले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, राष्ट्रिय अनुसन्धान आयोग चितवनका प्रमुख गोपाल पन्थी, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङ, सशस्त्र प्रहरी बल आँपटारीका प्रहरी उपरीक्षक खेम थापा मगर, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक दयाकृष्ण भट्टलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

नाडा चितवनका अध्यक्ष कमलप्रसाद ओली, उपाध्यक्ष बाल गोपाल श्रेष्ठ, कोषाध्यक्ष हिरामणी शर्माको उपस्थितिमा सो स्वास्थ्य सामग्री सहयोग गरिएको हो । कोभिड–१९ महामारीको बेलामा अग्रभागमा उभिएर काममा खटिएका सुरक्षा निकायलाई आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरिएको उपाध्यक्ष एवंम संचार संयोजक श्रेष्ठले बताए । उनले भने–‘महामारीको बेला सबै मिलेर लड्नुपर्छ, ठूलो सहयोग नभए पनि सहयोग गर्न पाउँदा खुशी लागेको छ ।’

उनले एक लाख ४२ हजार मूल्य बराबरको एन९५ मास्क, सर्जिकल मास्क र स्यानिटाइजर सहयोग गरिएको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>