चितवन विशेष

हेटौंडाकी कोरोना संक्रमित महिला बसेको भरतपुरको एक घर सील

Banner

चितवन, जेठ १४–

मकवापनुरको हेटौंडा–१, चौकी टोलकी कोरोना संक्रमित २५ वर्षीया महिला बसोबास गर्दै आइरहेको भरतपुर महानगरपालिका–१२, मालपोत चोकको एक घर सील गरिएको छ । त्यस घरमा घरबेटीका तीन जना परिवार र संक्रमित महिला श्रीमानसंगै बस्दै आएकी थिइन् ।

जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकबाबु तिवारीले संक्रमित महिला बस्दै आएको घर सील गरिएको जानकारी दिए । उनले भने–‘ती महिलामा कोरोना कसरी स¥यो भन्ने पत्ता लगाउनका लागि एउटा घर मात्रै सील गरेका हौं ।’ उनले त्यस घरमा अन्य तीन जना बस्दै आएकाले उनीहरुको भोलि (बिहीबार) आरटी पीसीआर विधिबाट कोरोना परीक्षण गरिने बताए ।

यस्तै कन्ट्याक्ट ट्रेसिङको क्रममा ती महिला गत वैशाखमा नेशनल सिटी हस्पिटलमा चेकजाँच गरेकाले उनलाई चेकजाँच गर्ने चिकित्सहरुकोबिहीबार नै आरडीटी परीक्षण गरिने बताए । उनले नेशनल सिटी अस्पतालमा एक महिना अघि संक्रमित महिला गएकाले त्यहाँ पीसीआर टेस्ट आवश्यक नरहेको बताए । ‘सामान्यतया दुई साता भित्रमा कोरोना संक्रमण देखिने हो, सो अस्पतालमा एक महिना अघि गएकाले त्यस्तो जोखिम देखिदैन ।’

भरतपुरबाट ती संक्रमित महिला श्रीमानसंगै मोटरसाइकलमा जेठ ९ गते हेटौंडा गएकी थिइन् । उनी पाँच महिनाकी गर्भवती समेत रहेकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>