Breaking News

हेटौंडाकी कोरोना संक्रमित महिला भरतपुर मालपोत चोकमा बस्थिन्

Banner

चितवन, जेठ १४–

मकवानपुरको हेटौंडा–१ चौकी टोलकी कोरोना संक्रमित २५ वर्षीया महिलाको ‘कन्ट्याक्ट ट्रेसिङ’ सुरु गरिको छ । ती महिला यही जेठ ९ गते श्रीमानसंगै मोटरसाइकलमा हेटौंडा गएको खुलेको छ ।

ती महिलाको बसोबास भरतपुर–१२, स्थित मालपोत चोकमा रहेको खुलेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दीपकबाबु तिवारीले जानकारी दिए । उनले भने–‘कन्ट्याक्ट ट्रेसिङमा ती महिला लकडाउनभर भरतपुरमै रहेको खुलेको छ, एक दिन मालपोत कार्यालय जानु बाहेक अन्य कतै नगएको खुल्न आएको छ ।’ प्रमुख तिवारीले ती महिला बारे अन्य जानकारी लिने काम भइरहेको छ ।

हेटौंडा–१० स्थित कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको स्वाब परीक्षणमा ती गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आज (बुधबार) विहान भरतपुर ल्याईएको छ । उनलाई अहिले भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले जानकारी दिए ।

उनले भने–‘गर्भवती महिला भएकाले उनलाई भरतपुर अस्पतालमा राखिएको छ, उनलाई चिकित्सकहरुले निगरानीमा राखेका छन् ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>