Breaking News
संसदको कार्यसूचीबाट संविधान संशोधन विधेयक हट्यो
०

काठमाडौं, जेठ १४-
संविधान संशोधन सम्बन्धी विधेयक बुधबार संसदमा पेश नहुने भएको छ ।
संसद सचिवालयले नेपालको संविधान (दोस्रो संशोधन), २०७७ सम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचि मंगलबार सार्वजनिक भएको थियो ।
तर बुधबार सचिवालले सरकारको आग्रहमा कार्यसूचिबाट हटाएको हो । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले भनेका छन्, ‘सम्भावित कार्यासूचिमा प्रस्ताव थियो । तर सरकारको आग्रहमा बुधबारको कार्यसूचिबाट हटाइएको हो ।
संसद सचिवालयले यसअघि प्रकाशित गरेको सम्भावित कार्यसूचीमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले बुधबारको बैठकमा ‘नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७’ पेश गर्ने कार्यसूची संसद सचिवालयले तयार पारेको थियो । संशोधन विधेयक पेस हुने भएपछि सर्वसम्मत पारित गराउन सरकारले पहल थालेको बताइएको छ । तर, बुधबार याे विषय कार्यसूचीबाट हटाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>