चितवन विशेष

चितवनमा असहायहरुलाई खाना खुवाउँदै प्रेस युनियनले मनायो स्थापना दिवस

Banner

चितवन, जेठ १३–

नेपाल प्रेस युनियनको २९ औ स्थापना दिवस चितवन शाखाले चितवन मानव सेवा आश्रममा रहेका असहायहरुसंग मनाएको छ । युनियनले मंगलबार स्थापना दिवसको अवसरमा आश्रममा आश्रितहरुलाई खाना खुवाएर स्थापना दिवस मनाएको हो ।

समाजको हरेक पक्षमा युनियनको सहभागिता र सहयोग निरन्तरताको लागि आश्रममा रहेकाहरुलाई खाना खुवाएको युनियनका अध्यक्ष अनिल ढकालले बताए । स्थापना दिवसमा प्रत्येक वर्ष गरिने विविध कार्यक्रम यस पटक कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण समेट्न नसकेको अध्यक्ष ढकालले बताए।

मानसिक रूपले बिछिप्त, असहाय बेसहारालाई आश्रममा आश्रय दिँदै आएको आश्रमका उपाध्यक्ष विनोद ढकालले बताए । आश्रममा ३५ जना आश्रित छन्। विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गर्न विवस, अनाथ, अशक्त, मानसिक सन्तुलन गुमाएका, मागेर पनि खाना असमर्थ व्यक्तिहरु आश्रित छन् । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका कारण भइरहेको लकडाउनको आपतकालिन अवस्थामा पनि खाना सेवा प्रदान गरेको भन्दै आश्रमका सहसचिव सरोज ज्ञवालीले युनियनलाई धन्यवाद दिए ।

यस्तै युनियनले स्थापना दिवसको अवसरमा आफ्नो कार्यालय बसेनीमा दीप प्रज्जवलन समेत गरेको थियो । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सिर्जना अर्याल, प्रेस युनियनका केन्द्रीय सदस्य बसन्त पराजुली, युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>