समाज

वीरगञ्जमा स्टाटसको बिषयमा डाक्टरका दुई समूहबीच कुटाकुट

Banner

वीरगञ्ज,जेठ १३-

वीरगञ्जमा चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ । सामाजिक सञ्जालमा लेखेको स्टाटस र म्यासेजको विषयलाई लिएर भएको विवाद हात हालाहालसम्मको अवस्थामा पुगेको हो । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा.मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो ।

नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले विवाद गर्न पुगेका थिए । विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका थिए ।

‘ह्वाट्स एप ग्रुपमा भएको कुराकानीको विषयलाई लिएर दुई पक्षबीच विवाद भएको रहेछ,’ नारायणी अस्पतालका डा. उदयनारायण सिंहले भने, ‘क्वारेन्टाइन स्थलमा झडपको स्थिति सिर्जना भएपछि प्रहरी, सिनियर चिकित्सक र अस्पताल प्रमुख पुगेर विवादलाई साम्य पारेका हौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>