चितवन विशेष

चितवनको क्यान्सर अस्पतालमा दन्त रोगको उपचार गर्ने तयारी

Banner

चितवन,जेठ १२-

चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दाँतसम्बन्धी उपचार सेवा सुरु गर्ने भएको छ । अस्पतालको जेठ १० र ११ गते भरतपुरमा बसेको बोर्ड बैठकले दन्त रोग सेवाको लागि छुट्टै इकाई स्थापना गर्ने निर्णय गरेको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए ।

त्यसका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । समितिले सेवा सञ्चालन सम्बन्धी कार्यविधि र व्यवस्थापनका बारेमा सुझाव दिनेछ । अस्पतालमा हालसम्म दात सम्बन्धी सेवा नहुँदा नाक, कान, घाँटी रोग विभागले नै हेर्दै आएको थियो ।

दाँतको समेत क्यान्सर भएका बिरामीहरु उपचारका लागि आउने तर विशिष्टिकृत सेवा नभएकोले उपचार सेवा सुरु गर्ने निर्णय भएको कार्यकारी निर्देशक डा।गौतमले बताए । यस्तै, क्यान्सर सम्बन्धी फेलोसिप तालिम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>