समाचार
राष्ट्रपतिसमक्ष नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश
०
काठमाडौँ, जेठ १२-
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ ।
शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्री ओलीले आव २०७६÷७७ को नेपाल सरकार र सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो ।
समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडालगायतको उपस्थिति रहेको थियो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>