चितवन विशेष

जिल्ला प्रहरी कार्यालय चितवनद्वारा श्रव्यदृश्यमार्फत म्याद थप

Banner

चितवन, जेठ १२-

जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा रहेकाको जिल्ला अदालतमा म्याद थप श्रव्यदृश्यमार्फत गर्न शुरु गरेको छ । कार्यालय र मातहतका गरी चार मुद्दाका सात जना आरोपित म्याद थपसमेत सोही प्रक्रियाबाट गरिएको छ ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार इलाका प्रहरी कार्यालय खैरहनीबाट दुई वटा मुद्दा, इलाका प्रहरी कार्यालय टाँडीबाट एउटा र जिल्ला प्रहरी कार्यालयबाट एउटा मुद्दाको श्रव्यदृश्यमार्फत म्याद थप गरिएको हो ।

कोरोना भाइरसको जोखिम बढ्दै जाँदा सङ्क्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलने भएकाले यसको जोखिमको न्यूनीकरणका लागि जिल्ला अदालतको निर्देशनमा कार्यालयले प्रविधिको प्रयोग शुरु गरेको उहाँले जानकारी दिनुभयो ।

यसअन्तर्गत अनुसन्धानका क्रममा प्रहरी हिरासतमा राख्नुपर्ने आरोपितलाई म्याद थपका लागि अदालत नलगी प्रविधिको प्रयोग गरी प्रहरी कार्यालयबाटै श्रव्यदृश्यमार्फत उपस्थित गराइने कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>