Breaking News

भरतपुर अस्पतालको आईसीयूमा एकको मृत्यु

Banner

चितवन,जेठ १२-

भरतपुर अस्पतालको आईसीयूमा एक जना बिरामीको मृत्यु भएको छ । बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । आइतबार राति १२ बजे उनलाई भरतपुर अस्पताल ल्याइएको थियो ।

बिरामीमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन । केहीबरेमा स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो ।

अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले बिरामीमा निमोनियाको समस्या देखिएको बताउनुभयो । ‘ल्याउँदा नै निकै सिरियस अबस्था थियो, अस्पतालमा ल्याएर सम्भव भएका सबै प्रयास गर्‍यौं तर बचाउन सकिएन’ डा. पौडेलले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>