समाचार

क्वारेन्टिनमा बसेकालाई घरेलु मदिरा, प्रशासनले तिरायो पाँच हजार जरिवाना

Banner

चितवन, जेठ ११-

क्वारेन्टिनमा बसेका आफन्तलाई घरेलु मदिरा पु¥याउनेलाई स्थानीय प्रशासनले रु पाँच हजार जरिवाना गराएको छ ।

राप्ती नगरपालिका वडा नं ३ का २५ वर्षीय कुमार थपलियालाई सो जरिवाना गराएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिंखडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार थपलियाले बुद्धशान्ति माविमा रहेको क्वारेन्टिनमा रहेका आफन्तलाई घरेलु मदिरा पु¥याउन जाने क्रममा थपलियालाई गत वैशाख ८ गते प्रहरीले नियन्त्रणमा लिएर प्रशासनमा बुझाएको थियो । प्रशासनले उनीसँगको बयानपछि जरिवाना तोक्दै अबदेखि यस्तो नगर्न सचेत गराएर छाडेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>