Breaking News

जनकपुरमा अस्पतालको झ्याल फोडेर कोरोना संक्रमित फरार

Banner

काठमाडौं, जेठ ११-

जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन् ।

संक्रमित अस्पतालबाट भागेपछि जनकपुर क्षेत्रमा त्रास फैलिएको छ ।

अस्पतालको आइसोलेसन कक्षमा राखिएका ४० वर्षीय कोरोना संक्रमित आइतबार बिहान भागेका हुन् ।

अस्पतालका अनुसार, उनी मानसिक रोगी हुन् । यसअघि पनि उनले पटक–पटक अस्पतालको आइसोलेसनबाट भाग्ने प्रयास गरेका थिए । यही क्रममा शनिबार मात्रै उनले अस्पतालको सीसीटीभी क्यामेरा नै फुटाएका थिए ।

संक्रमित फरार भएपछि अहिले जनकपुर क्षेत्रमा त्रास छाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>