चितवन विशेष
भरतपुर महानगरलाई एनआरएनएले दिए मेडिकल सामाग्री
चितवन,जेठ ११-
भरतपुर महानगरपालिकालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) तर्फबाट मेडिकल सामाग्री सहयोग गरिएको छ । एनआरएनएका केन्द्रिय सचिव गौरी जोशी ( अमेरिका),अर्का सचिव आर.के शर्मा (कतार) र सहकोषाध्यक्ष लोक दाहाल (बेल्जियम) ले सो मेडिकल सामाग्री सहयोग गरेका हुन् ।
एनआरएनएका प्रतिनिधिले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई आज (आइतबार) सो सामाग्री हस्तान्तरण गरेका हुन् । पिपिई सेट एक सय, पाँच सय एन ९५ माक्स र लेजर गन लगाएतका स्वास्थ्य सामाग्री सहयोग प्राप्त भएको प्रमुख दाहालले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखा मार्फत सबै वडामा पु¥याइने उहाँले बताउनुभयो । जिल्लामा नै मेडिकल सामाग्रीहरु अभाव रहेको अवस्थामा एनआरएनए मार्फत सहयोग प्राप्त भएको भन्दै प्रमुख दाहालले धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले तत्कालको आवश्यकता यही सामाग्री मार्फत परिपूर्ति गर्ने बताउनुभयो । महानगरको ध्यान नागरिकको सुरक्षामा केन्द्रित भएको भन्दै हरेक संयन्त्र परिचालन गरिएको दाहालले बताउनुभयो ।
भरतपुर महानगरपालिकाले २९ वटै वडामा क्वारेन्टिन निर्माण गरिसकेको छ । हरेक वडाले भारतबाट आएकाहरुको निगरानी गर्दै अनिवार्य क्वारेन्टिनमा वस्नुपर्ने व्यवस्था गरेका छन् ।