Breaking News

विश्वभर कोरोना सङ्क्रमितको संख्या ५४ लाख नाघ्याे, ३ लाख ४४ हजारको मृत्यु

Banner

काठमाडौँ, जेठ ११-

कोरोना भाइरसको महामारीबाट विश्वभर ५४ लाखभन्दा बढी मानिस संक्रमित भएका छन् ।

विश्वका विभिन्न देशमा गरी ५४ लाख ४ हजार भन्दा धेरैमा कोरोना पुष्टि भएकोमा २२ लाख ४७ हजार २ सय ३४ जना निको भएका छन् ।

उपचार गराइरहेका २८ हजार १३ हजारभन्दा धेरै मध्ये २ प्रतिशत अर्थात साढे ५३ हजार जनाको अवस्था जटिल रहेको र २७ लाख ५९ हजार भन्दा धेरैको अवस्था सामान्य छ । ३ लाख ४४ हजारभन्दा धेरैको भने ज्यान गएको छ ।

अहिलेसम्म संयुक्त राज्य अमेरिकामा मात्रै १६ लाख ६६ हजार भन्दा धेरैमा कोरोना पुष्टि भएकोमा साढे ९८ हजार भन्दा धेरैको ज्यान गएको छ । गएको २४ घण्टामा अमेरिकाको न्यूयोर्कमा मात्रै ८४ जनाको ज्यान गएको छ ।

यो तथ्याङक १ सय ९ दिनको भन्दा कम हो । यसअघि गएको अप्रिलमा न्यूयोर्कमा मात्रै दैनिक एक हजार भन्दा धेरै मानिसको कोरोना सङ्क्रमणका कारण ज्यान जाने गरेको थियो । गएको २४ घण्टामा अमेरिकामा मात्रै १ हजार भन्दा धेरैको ज्यान गएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>