समाज

नायिका बर्षालाई नेपाली भूमिको भन्दाबढि भारतिय साथिको चिन्ता लागेपछि…

Banner

काठमाडौं,जेठ ११-

नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–भारत सीमा विवादबारे दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । सामाजिक सञ्जालमा उनले नेपाल–भारत सीमाको विषयमा अनावश्यक विवाद सिर्जना गरेको भन्दै एउटा भिडियो क्लीप सार्वजनिक गरेकी छिन् ।

उनले भारत र नेपालका पत्रकारहरु मिलेर दुई देशबीचमा फाटो ल्याउने काम गरिरहेको भन्दै भिडियोमा भनेकी छिन्, ‘ ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो । यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन्’।

अभिनेत्री भिडियो क्लीपमा भारतीय साथीहरुलाई अब के भन्ने,भन्ने भइरहेको समेत उल्लेख गरेकी छिन् । उनले भनेकी छिन्, ‘मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने अनि इन्डियन साथीहरुले मसँग कसरी फेस गर्ने भइरहेको छ ।’

अभिनेत्री राउतको यो अभिव्यक्तिको सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>