अन्तर्राष्ट्रिय

लकडाउनको विरोधमा स्पेनमा हजारौँले गरे कार मार्फत प्रदर्शन

Banner

एजेन्सी,जेठ ११-

स्पेनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा लिन सरकारले गरेको प्रयास पर्याप्त तथा उपयुक्त नभएको भन्दै विरोध प्रदर्शन भएको छ ।हजारौँ मानिसले सरकार विरोधी प्रदर्शनमा भाग लिएका छन् ।

विपक्षी भक्स पार्टीले देशका प्रमुख शहरहरुमा सामाजिक दूरी कायम गरी प्रदर्शनमा सहभागी हुन आफ्ना समर्थकलाई आह्वान गरेको थियो ।

सोही अनुरुप स्पेनका प्रमुख शहरहरुमा हजारौँ मानिस आफ्नो सवारी साधानमा प्रदर्शनका लागि बाहिर आएका हुन् । भक्सले सामाजिक दूरी कायम गर्नका लागि कसैलाई पनि सवारी साधनबाट बाहिर ननिस्कन भनेको थियो ।

प्रदर्शनकारीहरुले राजधानी मड्रिडमा कार तथा आफ्ना सवारी साधानमा राष्ट्रिय झण्डा राखेर प्रदर्शन गरे । उनीहरुले समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेजको राजीनामा मागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>