नवलपुर
अनेरास्ववियू र राष्ट्रिय युवा संघ नवलपुरद्धारा स्वाब संकलन गर्ने बुथ सहयोग
०

नवलपुर, जेठ १०–
अनेरास्ववियू नवलपुर र राष्ट्रिय युवा संघ नेपाल नवलपुरले संयुक्त रुपमा स्वाब परीक्षण बुथ सहयोग गरेको छ ।
डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पताललाई आज (शनिबार) एक कार्यक्रमकाबीच कोरोना संक्रमण चेकजाँचका लागि स्वाब संकलन गर्ने बुथ हस्तान्तरण गरिएको हो ।
कोरोना महामारीकाबीच अग्रपंक्तीमा उभिएर काम गरिरहेका चिकित्सकहरुको मनोबल बढाउनका लागि बुथ सहयोग गरिएको अनेरास्ववियूका सह–संयोजक दिनेश केसीले जानकारी दिए । पछिल्लो समय कोरोना शंकास्पद व्यक्तिहरु अस्पताल पुग्ने गरेकाले स्वास्थ्यकर्मीहरुलाई काम गर्न सहज होस् भनेरै सहयोग गरिएको केसीले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>