अन्तर्राष्ट्रिय

पाकिस्तानमा आवासीय क्षेत्रमा विमान दुर्घटना, ठूलो क्षति भएको आशंका

Banner

इस्लामाबाद, जेठ ९–

पाकिस्तानमा आज (शुक्रबार) विमान दुर्घटना भएको छ ।

कराची नजिकै रहेको एउटा आवासीय क्षेत्रमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको हो ।

जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको मोडेल कोलोनीमा ९० जना यात्रु र ८ जना चालकदलका सदस्य रहेको विमान दुर्घटनामा परेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पीआईएका प्रवक्ता अब्दुल्ला हफीजका अनुसार उक्त विमान लाहोरबाट कराची आउँदै थियो ।

त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सबै अस्पतालहरुमा इमरजेन्सी घोषणा गरेको छ । दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>