Breaking News

नारायणी नदी किनारको निर्माण कार्य विवादमा, काम रोक्न वडा कार्यालयको निर्देशन

Banner

चितवन, जेठ ८–

सी बीच मोडेलमा नारायणी नदी किनारको विकास निर्माण कार्य सुरु नहुँदै विवादमा तानिएको छ । कुनै प्रक्रिया पुरा नगरी निर्माण कार्य अघि बढाएको भन्दै भरतपुर महानगरपालिका वडा नं.१ को आपत्ति जनाएको छ । साथै वडा कार्यालयले तत्काल काम रोक्न निर्देशन दिएको छ ।

आज (बिहीबार) एक विज्ञप्ती जारी गर्दै वडा कार्यालयले कुनै जानकारी नदिई मनोमानी ढंगले ठेकेदार नियुक्त गरी काम अघि बढाएको भन्दै आपत्ति जनाएको हो । वडाका कार्यवाहक अध्यक्ष यमबहादुर वाचे मगरद्धारा जारी विज्ञप्तीमा भनिएको छ–‘भरतपुर महानगरपालिकाबाट आजका मितिसम्म सम्बन्धित वडा समिति जानकारी प्राप्त कुनै जानकारी प्राप्त हुन नआएको प्रति गम्भिर आपत्ति जनाउँदै सम्बन्धित वडालाई गुमराहमा राखी मनोमानी ढंगले ठेकेदार नियुक्ती गरी काम सुरु गर्न लागेको भन्ने बुझिन आएको हुँदा हाललाई प्रक्रिया नमिलेसम्मको लागि स्थगित गराइदिनु हुन अनुरोध गर्दछु ।’

उद्योग वाणिज्य संघ चितवनले भरतपुर महानगरपालिकाको ७७ लाख र संघकै २० लाख गरी ९७ लाखको लागतमा नारायणी नदी किनारलाई सी बीचको रुपमा विकास गर्न लागिएको विज्ञप्तीमा उल्लेख छ । भरतपुर महानगरपालिकाले आव २०७६÷७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरी बजेट नै छुट्याएको थियो ।

निर्माण कार्य नियमसंगत नै छः मेयर दाहाल

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सी बीच मोडेलमा निर्माण हुन लागेको नारायणी नदी किनारको काम नियमसंगत नै भएको दावी गरिन् ।

नारायणी अनलाईनसंग कुराकानी गर्दै मेयर दाहालले भनिन्–‘निर्माण प्रक्रिया नियमसंगत नै छ, यो विवादको विषय छैन ।’ मेयर दाहालले एक करोड भन्दा तलको आयोजना र जनसहभागितामा हुने भएकाले टेण्डर निकालेर निर्माण गर्न नपर्ने बताइन् । उनले भनिन्–‘महानगरको मात्र नभइ उद्योग वाणिज्य संघको पनि सहभागितामा निर्माण हुन लागेको हो, जनसहभागिता पहिलो चरणको काम सुरु भएको हो ।’

उनका अनुसार एक करोड भन्दा कम रकमको आयोजनामा टेण्डर आह्वान गर्न पर्दैन् । उपभोक्ता समिति मार्फत काम गर्न पाइन्छ । अहिलेको निर्माण आयोजना ९७ लाखको हो । जसमा ७७ लाख भरतपुर महानगरपालिकाको र २० लाख उद्योग वाणिज्य संघ चितवनको रहेको छ ।

एकैपटक सी बीच मोडेलमा सबै काम गर्न अरबौं रकम लाग्ने भएकाले पहिलोपटक एउटा ट्रयाक निर्माणको काम अघि बढेको बताइन् । उनले वर्षेनी महानगरले सी बीचका लागि नीति तथा कार्यक्रममै समावेश गर्दै बजेट विनियोजन गर्दै आइरहेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>