Breaking News
कोरोना भाइरसका कारण तेस्रो व्यक्तिको मृत्युः स्वास्थ्य मन्त्रालय
०

काठमाडौं, जेठ ८–
नेपालमा तेस्रो व्यक्तिको कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
आज (बिहीबार) नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या तीन पुगेको जानकारी दिए ।
रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका ४१ वर्षीय गुल्मीका पुरुषको मृत्यु भएको डा.देवकोटाले जानकारी दिए । यसअघि पहिलोपटक सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो भने बाँकेको नरैनापुरका एक युवकको कोरोनाबाटै मृत्यु भएको थियो ।
यस्तै आज थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ४५३ पुगेको छ । स्
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>