चितवन विशेष

नारायणगढ राउण्ड टेबल १४ ले दियो प्रहरीहरुलाई स्यानिटाइजर

Banner

चितवन, जेठ ८–

नारायणगढ राउण्ड टेबल १४ ले जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई ह्याण्ड स्यानिटाइजर सहयोग गरेको छ ।

आज (बिहीबार) एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नान्तीराज गुरुङ र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवंम प्रहरी निरीक्षक दयाकृष्ण भट्टलाई नारायणगढ राउण्ड टेबल १४ का अध्यक्ष विकाश बर्माले ४५० थान ह्याण्ड स्यानिटाइजर हस्तान्तरण गरे ।

सो क्रममा बोल्दै अध्यक्ष बर्माले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको विषम परिस्थितिमा अग्रभागमा उभिएर कार्यरत प्रहरी र ट्राफिक प्रहरीको सुरक्षामा ध्यान दिँदै स्यानिटाइजर सहयोग गरिएको बताए । उनले भने–‘सडकमा दिनभर उभिएर कयौंसंग भेटघाट गर्न बाध्य हुने प्रहरीले स्यानिटाइजर प्रयोग गरुन् भन्ने उद्देश्यले सहयोग गरेका हौं ।’ ‘कोभिड–१९ विरुद्ध लड्ने अग्रपंक्तीका योद्धाहरुमा सलाम्’ भन्ने नारासहित यो कार्यक्रम अघि बढाईएको उनले बताए ।

नारायणगढ राउण्ड टेबल १४ युवा व्यवसायीहरुको सामाजिक संस्था हो । यसले विभिन्न समयमा विभिन्न किसिमका सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यही कोरोना महामारी सुरु भएसंगै पनि यस संस्थाले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पताललाई १० थान पीपीई, एन९५ मास्क र स्यानिटाइजरहरु सहयोग गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>