स्वास्थ्य

गोराखामा १४ बर्षीय बालकमा डेङ्गु सङ्क्रमण

Banner

गोरखा,जेठ ८-

गोरखाको भीमसेन थापा गाउँपालिका–१ मसेलमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । मसेलस्थित खागिथोकका १४ वर्षीय बालकमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाका महामारीसम्बन्धी फोकल पर्सन नारायणबाबु अर्यालले जानकारी दिनुभयो ।

बालकलाई अत्यधिक ज्वरो आएपछि चैत ६ गते अस्पताल भर्ना गरिएकामा डेङ्गुको शङ्का लागेर परीक्षण गर्दा सङ्क्रमणको पुष्टि भएको उहाँले बताउनुभयो । सङ्क्रमित बालकको सम्पर्कमा आएका अन्यमा भने डेङ्गु रोगको लक्षण नदेखिएको उहाँको भनाइ छ । वैशाख ३१ गते बालकलाई डेङ्गु सङ्क्रमणको पुष्टि भएको अर्यालले बताउनुभयो । स्वास्थ्य कार्यालय गोरखाले थप व्यक्तिमा अहिलेसम्म सङ्क्रमण नदेखिए पनि सचेतता अपाउन भने सबैलाई आग्रह गरेको छ । गोरखा जिल्लामा पछिल्लो समय डेङ्गुको सङ्क्रमण देखिन थालेको कार्यालयले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>