समाचार

दक्षिण कोरिया थप कामदार लैजान तयार

Banner

काठमाडौं, जेठ ८-

दक्षिण कोरियाले भाषा परीक्षा तयारी गरिरहेका युवालाई डिजिटल प्रविधिमार्फत परीक्षामा सामेल गराई कोरिया लैजाने विषयमा तयारी थालेको छ ।

नेपालस्थित इपीएस कोरियाका एचआरडी प्रमुख पार्क ही सुङले रोजगार विभागमा भएको बैठकमा सो विषयमा जानकारी दिएका हुन् ।

उनका अनुसार पूर्वनिर्धारित तालिकानुसार जुन महिनामा हुनुपर्ने कोरियाली भाषा परीक्षा कोरोना भाइरसका कारण केही पछि सरे पनि डिजिटल प्रविधिमार्फत भाषा परीक्षा लिन सकिने छ ।

इपीएस प्रणालीअन्तर्गत १६ देशका विदेशीहरु रोजगारीका लागि कोरियाली भाषा परीक्षा दिई कोरियामा श्रम गर्छन् । ती १६ देशमध्ये नेपाल पनि एक हो ।

कोरियामा ४० हजारभन्दा बढी नेपाली इपीएसअन्तर्गत प्रत्यक्ष रोजगारी गरिरहेका छन् । हरेक वर्ष लगभग सात हजार नेपाली युवाले कोरियामा प्रत्यक्षरूपमा रोजगारी पाउँदै आइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>