Breaking News

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ४३५

Banner

काठमाडौं, जेठ ८-

भारतमा अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट १३२ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

भारतमा कोरोना भाइरसका ४५ हजारभन्दा बढी संक्रमित निको भएका छन् ।

यहाँका १ लाख १२ हजार तीन सय ५९ संक्रमित भएकोमा ४५ हजार ३ सयले स्वास्थ्यलाभ गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै यहाँ ५ हजार ५ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३९ हजार २९७ पुगेको छ । महाराष्ट्रमा अहिलेसम्म एक हजार ३९० जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>