मौसम
नेपालमा अम्पुनको प्रभावले मौसम बदली, बिभिन्न क्षेत्रमा बर्षा हुने

काठमाडौँ,जेठ ८-
अम्पुन आँधीको अप्रत्यक्ष प्रभावका कारण नेपालको पूर्व र मध्य क्षेत्रको मौसम प्रभावित भएको छ ।
बंगालको खाडीमा बनेको अम्पुन चक्रवात जमिनमा प्रवेश गरिसकेकाले अहिले कमजोर हुने क्रममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अम्पुनसँगै स्थानीय वायुको प्रभावका कारण पनि देशका अधिकांश क्षेत्रको मौसम बदली भएको छ ।
अहिले देशको पूर्वी र मध्य भू–भागमा पूर्ण बदली रही पश्चिमाका आंशिक बदली रहेको मौसमविदले बताएका छन् । पूर्व र मध्यका थोरै स्थानमा वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशको पूर्वी भू–भागमा पूर्ण बदली र मध्य क्षेत्रमा सामान्य बदली रहने छ । यस्तै बाँकी क्षेत्रको मौसम आंशिक बदली हुने जनाइएको छ ।
पूर्वका केही र पश्चिम तथा मध्य क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । पूर्वको उच्च हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको समेत संभावना रहेको मौसमविदले बताएका छन् ।