समाज
एकैदिनमा एक लाख बढी कोेराना संक्रमित

एजेन्सी,जेठ ८-
बितेका २४ घण्टाभित्रमा संसारभरिमा १ लाखभन्दा बढी मानिसहरु कोरोनाभाइरसबाट संक्रमित बनेका छन् । उक्त कुराको जानकारी विश्व स्वास्थ्य संगठनले दिएको हो । एकै दिनमा यतिधेरै संख्यामा विश्वव्यापी रुपमा मानिसहरु संक्रमित भएको सम्भवतः यो पहिलो घटना हो ।
कोरोनाभाइरसको संक्रमण समाप्त हुन अझै निक्कै लामो समय लाग्ने जनाउँदै विश्व स्वास्थ्य संगठनले यसको सबैभन्दा ठूलो मारमा विश्वका गरिब देशहरु पर्ने भनेर चिन्ता जताएका छन् ।
‘अझै हामीले यो महामारीलाई अझै लामो समयसम्म भोग्नुपर्ने छ,’ विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अहनोम घेब्रियेससले भनेका छन्, ‘निम्न र मध्यम आयस्तर भएका देशहरुमा कोरोनाभाइरसको संक्रमण बढ्दै गएको घटनाले हामीलाई निक्कै चिन्तित बनाएको छ ।’
त्यसो त युरोप र अमेरिका लगायतका क्षेत्रहरुमा कोरोनाभाइरसका संक्रमणका घटनाहरुम कमी आइरहेका छन् । त्यसैले ती देशहरुले कोरोनाभाइरसलाई नियन्त्रण र फैलिनबाट रोक्नका लागि लगाएका लकडाउनलाई खुकुलो पनि बनाउँदै लैजान थालेका छन् ।