देश/प्रदेश

सुनकोशी नदीमा बोलेरो खस्यो, दुई जना बेपत्ता

Banner

बनेपा, जेठ ७–

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा आज दिउँसो बोलेरो गाडी दुर्घटनामा पर्दा गाडीमा सवार दुई जना सुनकोशी नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

दोलालघाटबाट सापिङतर्फ दाना र सिमेन्ट लिएर जाँदै गरेको बा १६ च ८८३८ नम्बरको बोलेरो गाडी अचानक पछाडिको दुई वटा टायर सडकबाट तल खसी कोल्टो पर्दा उक्त बोलेरोमा सवारमध्ये दुई जना सुनकोशी नदीमा खसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बेपत्ता हुनेमा भुम्लु गाउँपालिका–१ बस्ने वर्ष २६ को अशोक गिरी र सोही गाउँपालिका–४ बस्ने अन्दाजी वर्ष २८ को भोला महत रहेका छन् ।

प्रहरीका अनुसार सोही गाडीमा सवार सोही ठाउँ बस्ने वर्ष ३९ की सानुमाया गिरीको बायाँ हात भाँचिएकाले उहाँलाई उपचारको लागि बनेपास्थित शिर मेमोरियल अस्पताल पठाइएको छ । चालकलाई नियन्त्रणमा लिएर घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>