चितवन विशेष
लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा अर्जुन

चितवन, जेठ ७–
लायन्स क्लब अफ चितवन राईजको अध्यक्षमा अर्जुन अर्याल चयन भएका छन् । वर्ष २०२०/२१ का लागि अनलाईन प्रविधि मार्फत् भएको अधिवेशनले अर्यालको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो ।
समितिको प्रथम उपाध्यक्षमा प्रकाशमणि ज्ञवाली, द्वितीय उपाध्यक्षमा सुदिप भट्ट, तृतीय उपाध्यक्षमा भरतप्रसाद अधिकारी, सचिवमा तिलकराम रिमाल र कोषाध्यक्षमा सूर्यमान श्रेष्ठ चयन भएका छन् ।
यसैगरी क्लब मेम्बर चेयरपर्सनमा बाबुराम ढकाल, क्लब एलसिआईएफ कोअर्डिनेटरमा कमल घिमिरे, क्लब सर्भिस चेयरपर्सनमा विष्णु अधिकारी, क्लब मार्केटिङ कम्युनिकेशन चेयर पर्सनमा होमनाथ न्यौपाने, डाईरेक्टहरुमा जीतनारायण श्रेष्ठ, तेजेन्द्र खड्का, राधेश्याम खतिवडा, सुशिल घिमिरे र सदस्यहरुमा ऋषिराम न्यौपाने, डा. रमेश घिमिरे, यमबहादुर गुरुङ, गौरीश्वर सापकोटा, शिरिष पन्त, नुरदेवप्रसाद कँडेल रहेका छन् ।
क्लब अध्यक्ष नारायणप्रसाद अधिकारीको अध्यक्षतामा भएका उक्त कार्यक्रममा कोषाध्यक्ष तिलकराम रिमालले आय व्यय विवरण प्रस्तुत गरेका थिए । चितवन राईजले आँखा दान कार्यक्रमलाई मुख्य रुपमा अगाडि बढाएको छ । आँखा दान गर्नका लागि प्रोत्साहित गर्न क्लबले अभियान सञ्चालन गर्दै आएको हो । यसका साथै राहात वितरण लगायतका अन्य सामाजिक काम पनि क्लबले गर्दै आएको छ ।