Breaking News
कालीमाटीमा कार्यरत प्रहरीमा कोरोना देखिएपछि प्रहरीका ६ इकाइ सील
०

काठमाडौं, जेठ ७–
काठमाडौंमा प्रहरीका ६ वटा इकाइ सील गरिएको छ ।
महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सील गरिएको हो ।
कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सील गरिएको जानकारी दिए ।
टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरसको संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>