Breaking News
नयाँ नक्सा बारे चीनले खोल्यो मुखः ‘कालापानीको सीमा विवाद नेपाल र भारतको हो’

काठमाडौं, जेठ ६–
नेपालले लिम्यिाधुरासहितको नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय मिडियाहरुलाई यस विषयमा चीनलाई जोड्न थालेका छन् । तर चीनले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ । चीनले कालापानीको सीमा विवाद नेपाल र भारतको भएको बताएको छ । उसले यस विवादलाई दुई देशले नै आपसी सम्वाद र सहमतिबाट हल गर्ने विश्वास व्यक्त गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजेनले भने, ‘कालापानीको मुद्दा नेपाल र भारतको हो र हामी आशा गर्छौ कि दुई देशले मैत्रिपूर्ण परामर्शबाट विमतीहरु हल गर्नेछन् ।’ नियमित पत्रकार सम्मेलनमा सोधिएको एक प्रश्नको जवाफमा प्रवक्ता लिजेनले यस्तो बताएका हुन् ।
भारतले नेपाली भूमि लिपुलेकमा अतिक्रमण गरेर तिब्बतको मानसरोवर जाने सडक बनाएको छ । अहिले यही विषयमा नेपालले तीव्र विरोध जनाइरहेको छ । नेपालले हिजो (सोमबार) मात्र मन्त्रिपरिषद् बैठकबाट लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा पास गरेको छ ।