Breaking News

३८ जिल्लामा पुग्यो कोरोना, ललितपुर, सिन्धुली, लमजुङ र रामेछापमा पहिलोपटक संक्रमण

Banner

काठमाडौं, जेठ ६–

नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । जसका कारण संक्रमित जिल्लाहरु थपिदै गइरहेका छन् ।

आज (मंगलबार)सम्ममा ३८ जिल्लामा संक्रमण फेलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । उनका अनुसार आज उपत्यकाको ललितपुर, सिन्धुली, लमजुङ र रामेछापमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । नेपालमा तराईका सबै जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ ।

आज (मंगलबार) दिउँसोसम्ममा कुल संक्रमितको संख्या ४०२ जना पुगेको छ । आज (मंगलबार) दिउँसोसम्ममा कुल संक्रमितको संख्या ४०२ जना पुगेको छ । प्रदेश १ मा हालसम्म ५४, प्रदेश २ मा १३६, बाग्मती प्रदेशमा २७, गण्डकीमा ४, प्रदेश ५ मा १७६, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>