Breaking News
प्रधानमन्त्रीले भने – नेपालजस्तो देशले देखौवा राष्ट्रवाद वा लम्पसारवादको बाटो समात्न हुन्न

काठमाडौं, जेठ ६-
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार कुनै विदेशी राजदूतले भूमिका खेलेर टिक्ने र ढल्ने कल्पना पनि गर्न नहुने बताएका छन् ।
प्रधानमन्त्री ओलीले नेपालजस्तो देशले तथाकथित, देखौवा राष्ट्रवाद वा लम्पसारवादको बाटो समात्न नहुने बताएका छन् । प्रधानमन्त्री ओली लिपुलेकसहितको नक्सा प्रकाशित गर्दा या राष्टर्वादको कुरा गर्दा तथाकथित राष्ट्रवादको आरोप लागेको विशेषण पाएको बताएका छन् ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कहिलेकाहीँ फलानो सरकार ढल्नै लागेको थियो फलानो राजदूतले अड्याइदिएको भन्नेजस्ता टिप्पणी हुने स्मरण गराए ।
‘केहीले भनेको सुनियो- गइसक्या थियो फलाना देशका राजदूतले भूमिका खेलेर अड्याइदियो,’ प्रधानमन्त्री ओलीले भने,‘अहिले नेपाली जनताको स्वाभिमानमाथि यस्ता निम्छरा बचन नबोल्दिए राम्रो हुन्थ्यो। यो सरकार नेपाली जनताबाट बनेको हो कुनै देशको आशिर्वाद टिक्ने र ढालिने कल्पना नगरे हुन्छ।’