Breaking News

थप १८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३७५ पुग्यो

Banner

काठमाडौं, जेठ ५–

नेपालमा आज (सोमबार) राती थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ३७५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषामा २ जना पुरुष, खोटाङ हलेसी निवासी एक जना पुरुष, बाँके नरैनापुर निवासी १२ जना पुरुष, दैलेख आठबिस–१ निवासी एक जना पुरुष, सुनसरी निवासी एक जना पुरुष र झापा निवासी एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगञ्ज र कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

यससंगै आज (सोमबार) एकैदिन ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>